नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डको कुर्सी संगसंगै

पौष १३ , काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (आइतबार) भएको सचिवालय बैठकमा अरू बेलाभन्दा फरक दृश्य देखियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सँगसँगै राखिएका दुई कुर्सीमा बसे । कार्यकारी अध्यक्ष बनेको एक महिनापछि प्रचण्डको कुर्सी ओलीसँगै राखिएको हो ।
सचिवालय बैठकमा पहिले प्रचण्ड बरिष्ठ नेता झलनाथ खनालको छेउमा बस्थे।
‘दुबै अध्यक्षसँगै बसेर दुबै अध्यक्ष एकै हो भन्ने सन्देश दिन खोजिएको हो,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
मंसिर ५ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष हुने र ओली नेतृत्वमै पाँच वर्ष सरकार सञ्चालन गर्ने निर्णय गरेको थियो।
तपाइँको प्रतिक्रिया