नेतृत्व विकास तथा वालपत्रकारीता तालिम सम्पन्न

१८ आसार , कावासोती
दिपआदर्श वाल तथा युवा सरोकर मञ्चको अयोजनामा आज कावासोतीमा वालवालिकाका लागि नेतृत्व विकास तथा आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । सामथ्र्य किशोर किशोरी समुहमा आवद्ध रहेका करिव ४० जना किशोर किशोरीहरुलाइ नेतृत्व विकास तथा वालपत्रकारीताका विषयमा एक दिने तालिम प्रदान गरिएको हो । तालिममा जागृति वाल तथा युवा सरोकर नेपालका दिपक शर्मा , पत्रकार विष्णु गौडेल , दिप आदर्श वाल तथा युवा सरोकार मञ्चका किरण भुर्तेल , नारायण प्रमु लगाएतकाले सहजिकरण गर्नु भएको थियो । तालिमको उदघाटन सत्रमा प्यावसनका केन्द्रिय सदस्य तथा सिद्धार्थ आवासिय उच्च माविका प्रिन्सीपल भोजराज दाहाल , कावासोती नगरपालिकका प्रतिनिधी महेन्द्र वस्ताकोटी , शिक्षाकर्मि वेद प्रसाद न्यौपाने लगाएताकाले वालवालिकको व्यक्तित्व विकासका लागि यस्ता तालिम फपलदायि हुने वताएका थिए । कार्यक्रम दिप आदर्श वाल तथा युवा सरोकार मञ्चका अध्यक्ष किरण भुर्तेलको अध्यक्षता तथा सिद्धार्थ आवासिय उच्च माविका प्रिन्सीपल भोजराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तालिम ड्याड नेपाल को सहयोग तथा दिपआदर्श वाल तथा युवा स
रोकार मञ्चको आयोजनामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया