नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने : लामिछाने

काठमाडौं, भदौ २४
बलात्कारको आरोपित राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् ।
केही दिनमै आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर नेपाल फर्किन लागेको पनि उनले ट्वीट मार्फत जानकारी दिएका छन् ।
उनले निष्पक्ष छानबिन हुनेमा र नेपालको कानुन माथि विश्वास पनि व्यक्त गरेका छन् ।
सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । लामिछाने हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका छन् ।
पक्राउ पुर्जी नै जारी भएपछि बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।
त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।
तपाइँको प्रतिक्रिया