नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश फैलाउन गैंडाको हातमा झन्डा भएको लोगो तयार पारिएको हो : प्रदिप ज्ञवाली

काठमाडौँ, १० मंसिर । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश फैलाउन र पर्यटन प्रवर्द्धन गर्नका लागि गैंडाको हातमा झन्डा भएको लोगो तयार पारिएको बताएका छन् ।
चितवनमा भइरहेको एमालेको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गरिरहेका ज्ञवालीले लोगोमा गैंडाको हातमा झन्डामाथिका चर्चाका क्रममा आएका कुराबारे जवाफ दिएका थिए ।
कम्युनिस्ट पार्टीले महाधिवेशनका लागि बनाएको लोगोमा एकसिंगे गैँडाको हातमा कम्युनिस्ट पार्टीको झन्डा थमाएको विषयमा भएका चर्चाप्रति असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन् । ज्ञवालीले पर्यटन प्रबर्धन गर्नका लागि एमालेले लोगोमा गैंडाको हातमा झन्डा थमाएको बताए ।
‘महाधिवेशनको लोगोको रूपमा एकसिंगे गैँडालाई अगाडि सारेका छौं । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेझैं केहीले केहीले अब नेकपा (एमाले) अब लोप हुने भयो, गैँडाजस्तै भन्ने टिप्पणी गर्न पनि भ्याउनुभयो । उहाँहरूको टिप्पणी गर्न पाउने स्वतन्त्रताका लागि हाम्रो पार्टीका अध्यक्ष अध्यक्ष १४ वर्ष जेल बस्नुभएको हो । हाम्रो पुस्ता लड्यो, यति भनिसकेपछि गैंडालाई झन्डा थमाउनुको कारणबारे उनले थपे, एक सिंगे गैंडा दुर्लभ प्राणी हो । यो नेपालमा पाइन्छ, चिवतनमा पाइन्छ । हामीले नेपालको पर्यटन ब्रान्डिङ गर्न खोझेका हौं । पर्यटनका लागि नेपाल सुरक्षित छ भन्न खोजेका हौं ।’
तपाइँको प्रतिक्रिया