नेपालको लागि अन्तर्राष्ट्रिय गौरबको बिषय हो, वन तथा भू संरक्षणमन्त्री अग्नीप्रसाद सापकोटा

२४ माघ, चितवन । वन तथा भू-संरक्षणमन्त्री अग्नीप्रसाद सापकोटाले तेस्रो पटक गैंडा चोरी निकासी शून्य वर्ष मनाउनु नेपालको लागि अन्तर्राष्ट्रिय गौरबको बिषय भएको बताएका छन् । अघिल्ला बर्षहरुमा चितवनमा गैँडा चोरी शिकारी बढेपनि चितवन राष्ट्रिय निकुञ्जले सन् २०१५ लाई शून्य चोरी वर्षको रुपमा मनाउन सफल भएको छ । चितवनको सौराहमा अायाेजित कार्यक्रममा मन्त्री सापकोटाले लोपोन्मुख एक सिङ्गे गैँडा संरक्षण गरेर अन्तर्राष्ट्रिय जगतमा अनुकरणीय बन्न सकिएको तर्क गरे । मन्त्री सापकोटाले मन्त्रालयले २७ बुँदे प्रतिवद्धता जारी गरेको बताउदै आवश्यक नयाँ योजना भए बुँदा थप गर्न सकिने उल्लेख गरे । मन्त्री सापकोटाले काम नगरेको भनेर आरोप मात्र लगाउनु भन्दा नयाँ योजना ल्याउन सवैमा आग्रह गरे । उनले सौराह तथा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको विकासका लागि सौराह माडी पदमार्ग जोड्ने कार्यक्रम रहेको जानकारी दिए । एकै बर्ष ३५ भन्दा धेरै गैँडा चोरी शिकार भएको भएपनि सन् २०१५ मा भने निकुञ्जको मेहेनतमा उक्त संख्या शून्य अवस्थामा पुर्याउन सकिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अघिकृत रामचन्द्र कडेलले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया