नेपालको संविधान २०७२ दक्षिण एशियाकै उत्कृष्ट संविधान

चितवन, असोज १६– नेपालको संविधान २०७२ दक्षिण एशियाकै उत्कृष्ट संविधान रहेको आज भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले वताएका छन् । प्रजातन्त्र सम्र्वद्धन केन्द्रले आयोजना गरेको सामाजी न्याय र विकासको स्थिती विषयक विचार गोष्ठिमा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
अहिलेको संविधानमा लेखिएका कुराहरु जनतामाझ पुर्याउन सके सामाजीक न्याय र विकासका ढोका खुल्ने उनिहरुको भनाई थियो । समाजमा रहेका लवध प्रतिष्ठित व्याक्ति र ग्रास रुटका जनताले पनि यस विषयमा बुझ्न जरुरी रहेको कार्यक्रममा वोल्ने वक्ताहरुको भनाई थियो । नेपाली काग्रेस चितवनका सभापति टेक प्रसाद गुरुङ् प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा वोल्ने वक्ताहरुले संविधान सम्पन्न र संम्वृद्ध बनाउनका लागि दस्तावेजको रुपमा रहेको र यसलाई राजनैतिक दलहरुको ईच्छा शक्ति हुन आवश्यक रहेको बताएका थिए ।
अहिलेको संविधानमा धेरौ कुरा समावेस भए पनि सो कुरा बुझाउन नसक्दा केहि विरोधका कुराहरु आएको उनिहरुको भनाई थियो । केन्द्रका अध्यक्ष जगदिश्चन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्राध्यापक संघका महासचिव प्रकास अधिकारी, केन्द्रका उपाध्यक्ष डा. यज्ञप्रसाद अधिकारी, शिव पौडेल, खेम नारायण सापकोटा लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा जगदिश्चनद्र पोख्रेल र डा यज्ञ प्रसाद अधिकारीले कार्यपत्र पेस गर्नु भएको थियो ।
कार्यपत्र माथि वीरेन्द्र वहुमुखी क्याम्पसका प्रमुख केसवभक्त सापकोटा र प्रजातान्त्रिक विचार समाजका केन्द्रिय सचिव डा. ईश्वरीराज लौडारीले टिप्पणी गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया