नेपालमा पहिलो पटक विद्युतीय हस्ताक्षर सुरु, राष्ट्रिपति भण्डारीले गरिन उद्घाटन

नेपालमा पहिलोपटक बुधबारबाट विद्युतीय हस्ताक्षर शुभारम्भ भएको छ । शितल निबासमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पहिलोपटक विद्युतीय हस्ताक्षर शुभारम्भ गर्नुभएको हो । विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दाे बनाउने हेतुले प्रमाणीकरण नियन्त्रकको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ र सो सम्बन्धी नियमावली, २०६४ अन्तर्गत सो कार्यको सुरुवात गरेको हो । विद्युतीय हस्ताक्षर शुभारम्भ गर्नुहँुदै राष्ट्रपति भण्डारीले सूचना प्रविधिको यथोचित प्रयोग गर्दै सार्वजनिक सेवालाई सुरक्षित, भरपर्दाे, वैध र सहज बनाई आमजनतामाझ पहँुचयोग्य बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले विद्युतीय हस्ताक्षरको प्रयोगबाट व्यवसायको आधुनिकीकरण हुने मात्र नभई नागरिक सरोकारका दैनिक कामकाज एवम् सेवा प्रवाह छिटो छरितो र भरपर्दाे भई नागरिक सन्तुष्ट हुने र सरकार, व्यवसायी तथा जनता बीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यो कार्य नयाँ सुरुवात भएको बताउँदै राजनीतिक आन्दोलनपछिको आर्थिक विकासका लागि विज्ञान र प्रविधिले थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नभयो । विद्युतीय हस्ताक्षर जारी गर्न प्रमाणीकरण नियन्त्रककोे कार्यालयले रेडियण्ट इन्फोटेक नेपाल कम्पनीलाई इजाजत प्रदान गरेको छ । सो कम्पनीबाट विद्युतीय हस्ताक्षर÷प्रमाणपत्र जारी हुने बताइएको छ । विद्युतीय हस्ताक्षर प्रयोगमा आएपछि अनलाइन एप्लिकेसन, ई–बैकिङ, ई–पेमेन्टसम्बन्धी कार्य सुरक्षित, भरपर्दाे तथा कानुनी रुपमा वैध हुनुका साथै सुशासन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । समारोहमा विद्युतीय हस्ताक्षर कार्यको शुभारम्भ पछि पहिलो विद्युतीय हस्ताक्षरसम्बन्धी ‘टोकन’ राष्ट्रपति भण्डारीलाई प्रदान गरिएको थियो ।
तपाइँको प्रतिक्रिया