नेपालमा भारतबिरोधी भावना बढ्नु गम्भीर : रञ्जित रे

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालमा भारतबिरोधी भावना बढ्नु गम्भीर भएको बताउनु भएको छ । बुधवार भारतीय राजदूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत रेले भारतले नेपालमा सधै शान्ति र स्थायित्व चाहेको भन्दै भारतले नेपाल भित्रिने सामानमा नाकाबन्दी लगाएको भनेर आएको समाचार सत्य नभएको दाबी गर्नु भयो । उहाँले मधेशवादी दलहरुले सिमामा बिरोध प्रदर्शन गरेका कारण सुरक्षाको दृष्टिकोणले ट्रक तथा ट्याङकरहरु भारतमै रोकिएको भन्दै सीमामा त्यसो नभएको खण्डमा नरोकिने बताउनु भयो । उहाँले नेपालमा भारतीय झण्डा र प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइनु गम्भीर चिन्ताको बिषय भएको समेत बताउनु भयो ।
नेपालका लागि भारतीय राजदूत राजदूत रेले नेपालको हालको समस्या चाडै नै समाधान हुने बिश्वास ब्यक्त गर्दै भारतले कुनै पनि आन्दोलनकारीलाइ संरक्षण नगरेको दाबी गर्नु भयो । उहाँले संबिधान जारी भैसकेको अवस्थामा भारतले ७ बुदे संसोधनको सुझाव दिएको भन्नु गलत भएको उल्लेख गर्नु भयो । भारतीय राजदूत रेले नेपाल र भारतबीचको सम्बन्ध निकै पूरानो भएकाले छिमेकीको हिसावले भारतले नेपाललाइ पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । उहाले कुनै पनि समस्याको समाधान वार्ताबाटै हुनु पर्ने पनि बताउनु भयो ।
तपाइँको प्रतिक्रिया