नेपालमा विहिबार २,१४१ जना सङ्क्रमणमुक्त, ३९ जनाको मृत्यु

काठमाडौं, ३ असार ।
पछिल्लो २४ घण्टामा नेपालमा २,६०७ जना कोभिड बिरामी थपिएका छन् । भाइरस संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पीसीआर र एन्टिजन विधिबाट १२,४८४ वटा परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू भेटिएका हुन् । अहिले देशभरि ६१,७२५ भन्दा बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। २४ घण्टाको अवधिमा २,१४१ जना सङ्क्रमणमुक्त भएका छन्।
तपाइँको प्रतिक्रिया