नेपालमै कृतिम खुट्टा उत्पादन गर्ने

बिबेक भण्डारी २८,विभिन्न घटना तथा दुर्घटनाका कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृतिम खुट्टा उत्पादन गरी निशुल्क वितरण गर्ने भएको छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृतिम खुट्टा उपलब्ध गराउने भएको हो । कृतिम खुट्टाको उत्पादन र न्यूनतम् शुल्कमा विश्व बजारमा सेवा पुर्याएर अन्तर्रा्ष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृतिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको हो । समझदारी अनुसार जयपुर फुटले वर्षेनि तीन सयवटा कृक्रिम खुट्टाका लागि आवश्यक पर्ने सामाग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउने जनाएको छ। केहि दिन अघि चौधरी फाउण्डेनद्धारा निर्माण गरिएको सास्वत धामको उद्घाट कार्यक्रममा जय पुर फुण्ड्का डा.डि आर मेहताले र चोधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरी विच सम्भौता भएको थियो । नेपालमा कृत्रिम खुटा उत्पादन भए संगै सहज रुपमा नै नेपालमा उपलब्ध हुने देखिन्छ ।
तपाइँको प्रतिक्रिया