नेपालमै पहिलो समुदायद्धारा निमार्ण गरिएको घांसै मैदान

सावित्री रेग्मी,
नवलपरासी जिल्ला जैविक विविधताले भरीपुर्ण भएको जिल्ला हो । जिल्लामा रहेका जैविक विविधताहरुको संरक्षण गर्दै पर्यापर्यटकिय संभावनाहरुलाई उजागर गर्न कावासोति नगरपालिका ७, १२ र १३ का स्थानियहरु लागी परेका छन ।नमुना मध्यवर्ति वन क्षेत्रमा नेपालमै पहिलो समुदायद्धारा निमार्ण गरिएको पहिलो घांसै मैदानको रुपमा रहेको यो मैदान १३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो घांसे मैदान निमार्ण गरि जैविक विविधता संरक्षणमा टेवा पुर्याउने उद्देश्यले स्थानिय स्तरवाट यो प्रयासको २०६९ साल वाट सुरु गरिएको हो ।यसको लागी स्थानिय समुदाय,wwf हरियो वन कार्यक्रमको सहयोगमा निमार्ण कार्य अगाडी बढाईएको हो । यसरी घांसे मैदान संगै सिमसार क्षेत्रको संरक्षणको प्रयास ले पछिल्लो समय जैविक विविधता,एक सिङ्गे गैडा ,हरिण,चराचुरुङ्गीहरुको संख्यामा समेत उल्लेख्य बृद्धि भएको जटायु रेस्टुरेन्ट ब्यवस्थापन समितिका संयोजक डि वि चौधरी वताउंनुहुन्छ ।
यसरी घासै मैदान निमार्ण संगै यहांको जैनिक विविधतालाई संरक्षण गर्नु पर्दछ भन्ने सोच यहांका स्थानियहरुमा थिएन । वनवाट आफुहरुलाई आवश्यक परेको दाउरा घास मनपरि हिसावले लाने गर्दथ्ये । भने पछिल्लो समय त्यस्तो किसमिको सोचाई र ब्यवहारमा परिवर्तन आएको छ । अव यस्ता किसकिमा जैविक विविधता संरक्षण गर्नु पर्दछ भन्ने किसीमको स्थानियहरुमा जनचेतनाको विकास भएको छ । यसरी संरक्षण गरेपछि स्थानिय हरुलाई धेरै सुविधा भएको छ जसले गर्दा यतिबेला संरक्षणमा जुटेको स्थानियहरु वताउंछन ।
जैविक विविधता ,वन जंगलविना यस क्षेत्रको विकाश संभव छैन । जसका कारण पनि हाम्रो अमुल्य सम्पतिको रुपमा रहेका यस्ता जैविक विविधताहरुको संरक्षण गर्न आवश्यक छ । यसका साथै यो घांसे मैदान,र यस क्षेत्रमा पाईने गैडा,बाघ, हरिण,चराचुरुङ्गीहरु,विभिन्न किसीमका वनस्पतिहरुलाई देखाएर नेपालकै नमुना जैविक विविधता संरक्षण क्षेत्र बनाउनका लागी अगाडी बढीरहेको चौधरी वताउंनुहुन्छ । यसले गर्दा स्थानियको दिगो जिविका पार्जनमा समेत ठुलो टेवा पुग्ने विश्वार रहेको संयोजक चौधरीको भनाई छ ।यसरी पिठौलिका स्थानियहरुको पहलमा गरेको यो प्रयासले पर्यटन विकासमा समेत महत्व पुर्ण भुमिका खेल्ने छ ।
यसका साथै जिल्लाको विकासका लागी राम्रो पर्यटकिय संभावना भएको यो क्षेत्रमा गरिएको संरक्षणकोे प्रयासले स्थानियको आय स्तरमा समेत बृद्धि गर्न सहयोग पुग्ने भएकाले यस्ता किसीमका संरक्षणका कार्यहरुलाई प्रोत्साहन गर्न आवश्यक छ ।
तपाइँको प्रतिक्रिया