नेपालले नामिबियालाई २ विकेटले पराजित

काठमाडौं ,२ फागुन । आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबियालाई नेपालले २ विकेटले पराजित गरेको छ। नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ४७.४ ओभरमा पूरा गरेको हो।
नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले। ११२ बल खेलेका उनले ४ छक्का र १० चौकासहित ११५ रन बनाए।
कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट भएका थिए। करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे ।
यस्तै कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाए। उनले ७२ रनको जोड्ने क्रममा ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए। उनले १० ओभरमा ४८ रन दिए। निकोल इटनले पनि ३ विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भयो।
नामिबियाका लागिद भान लिङ्गेनले शतक प्रहार गरे। उनले १३३ रन जोडे। १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे।
बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिदा सोमपाल कामी र कुशल मल्लले १ /१ विकेट लिए।
लिग २ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीनभित्र परे नेपाल एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ।
तपाइँको प्रतिक्रिया