नेपाली काँग्रेसका तर्फबाट उपराष्ट्रपति पदमा अमियकुमार यादवको उम्मेदवारी

उपराष्ट्रपति पदमा नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने रहनुभएको छ । सचिवालयले आज बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने निर्वाचन तालिका तोकिएको छ । सिराहा जिल्लावासी यादव काँग्रेसका पुराना नेता हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार यादवले हिमाल, पहाड तराईका जनताको बीचमा एकता र भातृत्वको भावनालाई आत्मसात् गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकमा देखिएको विद्यमान समस्यालाई समाधान गर्न
विशेष पहल गर्ने र सबैलाई मिलाएर लैजाने धारणा राख्नुभयो ।
तपाइँको प्रतिक्रिया