नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगीत

काठमाण्डौ, भाद्र ३०
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगीत गरिएको छ । आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै काँग्रेसले सोमबारको संसद बैठक अबरुद्ध पारेको हो ।
कांग्रेसले आधा घण्टासम्म नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगीत भएको घोषणा गर्नु भएको हो । सभामुख कृष्णबहादुर महराले सोमबारको संसद बैठकको कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएका थिए ।
तपाइँको प्रतिक्रिया