नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना

काठमाडौं, असोज १२ गते
नेपाली काँग्रेसका नेता शेखर कोईराला पक्षीय समूहले पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोईराला पक्षधर नेता कार्यकर्ताहरुले बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएका हुन् । धर्नामा सहभागि नेताहरुले आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्नुपरेको बताएका छन् ।
नेपाली काँग्रेसका नेता जगदिश नरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरुको मनशाय रहेको बताउनु भयो । उहाँले शेखर कोईराला पक्षका नेताहरुको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुनेगरी बन्द सूचीमा राखिएको बताउनु भयो । उहाँले समानुपातिक बन्द सूचीमा रहेका नामहरु सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरुको माग रहेको उल्लेख गर्नुभयो ।
तपाइँको प्रतिक्रिया