नेपाली कांग्रेसका अगुवा कार्यकर्तालाई दुई दिने प्रंशिक्षण

परासी, ७ असोज । नेपाली कांग्रेसकको आजदेखि दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको छ । नवलपरासीको निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा नेका पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षक बनाउने उद्देश्यले, यो दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा निर्वाचन क्षेत्र नं. ४ का सयजना भन्दा बढि अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिईने छ । कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ग, नेका जिल्ला सभापति विष्णु लामिछाने, जिल्ला सचिव विक्रम यादव, जिल्ला सदस्य कुलदिप आचार्य, सदस्य बालकृष्ण घिमिरे र महिला संघका जिल्ला अध्यक्ष कमला पराजुली तिवारीले कार्यकर्ताहरुलाई यस दुईदिनको अवधिमा प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
कार्यकर्ताहरुलाई प्रशिक्षकको रुपमा तयार गरेर गाउँगाउँ, नगरका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन पार्टीले खटाउन बताएको छ । नेपाली कांग्रेसलाई चुस्त दुरुस्त बनाउन र यसको सिद्धान्त तथा विचार सबै कार्यकर्ताहरुसम्म पु¥याउने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम जिल्लाभरि संचालन गरिने पार्टीले जनाएको छ ।
त्यसैबिच प्रशिक्षण कार्यक्रमको उद्दघाटन शत्रका अध्यक्ष ने.का क्षेत्र नं. ४ का अध्यक्ष नगेन्द्र कुमार गुप्ता, तथा कार्यक्रमका प्रंमुख अतिथि एवं केन्द्रिय सदस्य धनराज गुरुङ्ग, विशिष्ट अतिथि एंव केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल, विशिष्ट अतिथि जिल्ला पार्टी सभापति विष्णु लामिछाने, अतिथि जिल्ला सचिव विक्रम यादव, ने.का महासमिति सदस्य, भरत थापा, जिल्ला सदस्य अर्जुन कुमार पोख्रेल, कुलदिप आचार्य लगायतले पार्टीलाई गुटउपगुट भन्दा पार्टीलाई एकजुट बनाई संगठनलाई बलियो बनाउन जोड दिएका थिए ।
तपाइँको प्रतिक्रिया