नेपाली कांग्रेसका सभासद् देवकरण कलवाल सन्तु संविधानका अन्तरवस्तुवारे जनतालाई वुझाउन नवलपरासी

संविधान सभाबाट संविधान जारी भए लगत्तै आफ्नो मागहरु सम्बोधन नभएको भन्दै मधेशी मार्चाले संविधानको विरोध गरेर आन्दोलनमा उत्रिएका बेला नेपाली कांग्रेसका सभासद् देवकरण कलवाल सन्तु भने संविधानका अन्तरवस्तु वारे जनतालाई वुझाउन नवलपरासी पुग्नुभएको छ । जिल्लाको क्षेत्र नं. ६ बाट तपमलोपाका प्रभावशाली नेता हृदेश त्रिपाठीलाई हराउंदै संविधान सभा सदस्य बनेका कलवालले क्षेत्रका सवै गाविसहरुमा गउर संविधान वारे प्रकास पार्नुहुने छ । वर्तमान संविधानले तराई मधेशका अधिकांश मागहरु पुरा गरेको भन्दै सभासद् कलवारले संविधानलाई जनताले बुझ्न नसकेका कारण तराई मधेशमा आन्दोलन भड्केको वताउनुभयो ।
तपाइँको प्रतिक्रिया