नेपाली कांग्रेसले सहमतीय सरकार गठनका लागि दलहरुसँग छलफल गर्ने

नेपाली कांग्रेसले सहमतीय सरकार गठनका लागि दलहरुसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको काग्रेस पदाधिकारी बैठकले सहमतीय सरकार गठनका लागि सोमबार प्रमुख दलहरुसँग छुट्टै र त्यसपछि संसदमा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो । सहमतिको सरकार गठन गर्न राष्ट्रपतिबाट दिइएको समयलाई अधिकतम प्रयोग गर्ने र नभए मात्र बहुमतीय प्रक्रियामा जाने बैठकपछि उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । पार्टीको १३ औं महाधिवेशन नयाँ संविधान अनुुसार गर्नका लागि प्रादेशिक संरचना अनुसार कसरी गर्ने भन्नेमा अर्को बैठकबाट ठोस निर्णय लिने जनाइएको छ । नेताहरुले भने पार्टी महाधिवेशन, संविधान कार्यान्वयन, नयाँ सरकारलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक राख्न आग्रह गरेपनि केन्द्रीय समिति बोलाउने बारेमा कुनै निर्णय भएन ।
तपाइँको प्रतिक्रिया