नेपाली बिद्यार्थी दिनहु भारत अध्ययन गर्न जान बाध्य

पुरुषोत्तम सुबेदी
नवलपरासी , १४ जेठ । नवलपरासीको सुस्ताका करिब १ सय नेपाली बिद्यार्थी दिनहु भारत अध्ययन गर्न जान बाध्य छन् । सुस्तामा रहेको दलित प्राथमिक विद्यालय मा कक्षा ५ सम्म मात्र अध्ययन हुने भएपछि सो भन्दा माथील्लो कक्षा अध्ययन गर्न नेपाली बिद्यार्थी भारत जान बाध्य भएका छन् ।सुस्ताका नेपाली विद्यार्थीलाई नारायणी नदि तरेर नेपाल तर्फको पक्लिहवा गाउँ विकास समिति मा रहेको विद्यालय जान भन्दा भारत को बिहार स्थित लक्ष्मीपुर, भेडीहारी का बिद्यालय पुग्न सजिलो हुने भएपछि सूस्ताका बालबालीका दिनहु भारतिय बजार अध्ययरन गर्न बाध्य भएका हुन् । सुस्ताका बालबालिका प्राथमिक तह पछि भारत बिहारको लक्ष्मीपुर, भेडिहारी जाने गरेका छन् ।भौगोलिक रुपमा नेपाल तर्फ नारायणी नदिले सुस्तालाई काटेको र सुस्ताको भौगोलिक क्षेत्र भारतीय भुमिसंग जोडिएको गर्दाले सुस्ताका बालबालिकालाई पक्लिहवाको विद्यालयमा पढन आउन नारायणी नदी तर्नुपर्ने हुदा दुई घण्टाको समय लाग्ने भएकाले सुस्ताका बालबालिका नजिकको भारतीय विद्यालय जान बाध्य भएका हुन् ।वि.स २०६७ सालमा मात्र सुस्तामा स्थापना भएको जनता दलित प्राथमिक विद्यालय सुस्ताको एउटा मात्र विद्यालय रहेको छ । यस विद्यालयमा करिब ४५० बालबालिका पढने गर्दछन् ।यसरी सुस्तामा कक्षा ५ भन्दा माथिल्लो कक्षा अध्ययरत गर्ने बिद्यालय नहुदा केही विद्यार्थीहरु अध्ययनका लागि भारत जान्छन् भने धेरै जान छाडेका छन । भोजपुरी बोल्ने गरेका सुस्ताबासी बालबालिकाले विद्यालय जादा पढाइका लागि नेपाली भाषा सिक्नु पर्ने र प्राथमिक स्तरको अध्ययन पछि पढाइका लागि भारत बिहार जानू पर्ने भएपछि हिन्दी भाषा सिक्नु पर्ने बाध्यताले पनि अधिकाशं छात्रछात्राले प्राथमिक शिक्षा पछि अध्ययन बिचैमा रोकीएका हुन् । सुस्ताबासीहरुले सुस्तामा कक्षा ५ भन्दा माथि सम्म विद्यालयका लागि धेरै पटक कोसिस गरेपनि जिल्ला शिक्षा कार्यालय नवलपरासीले ध्यान नदिएका कारण परेको बाध्यता सुस्ताबासीको गुनासो छ ।नवललपरासीको त्रिबेणीसुस्ता गाउँ विकास समिति वार्ड नम्बर ४ सुस्ताका बालबालिकाहरू सुस्तामा प्राथमिक भन्दा माथिको विद्यालय नहुदा प्राथमिक तहको अध्ययन पछि सुस्ताका सय भन्दा बढी विद्यार्थीहरु भारतको विद्यालयमा पढन जान बाध्य छन ।
सुस्तामा एक मात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयबाट पढाइ सकेर बालबालिकाहरुले कक्षा ५ भन्दा माथिल्लो कक्षाको पढनका लागि भारती विद्यालय जाने गरेको स्थानीय बासीहरुको भनाई छ ।सुस्ता र पक्लिहवा जोडीने झुल्ङ्गे पुल निर्माण हुने भएपनि अहिले अलपत्र परेको छ । छिटो भन्दा छिटो झुल्ङ्गे पुल बनोस भने सुस्ताबासीको माग रहेको छ । सुस्तामा अधिकाशं अध्ययनरत बालबालिकाहरु दलित सामुदायका रहेका छन ।
तपाइँको प्रतिक्रिया