नेपाली लेगस्पीनर सन्दीपले इंग्ल्याण्डको टी–२० क्रिकेट भाइलिटी ब्लास्ट खेल्ने

चैत १२ , काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने इंग्ल्याण्डको टी–२० क्रिकेट भाइलिटी ब्लास्ट खेल्ने भएका छन् । वर्सेस्चरसाएर रापिड्सले २० वर्षीय सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्ध गरेको हो । रापिड्सले आफ्नो वेवसाइटमा यसबारे समाचार पोष्ट गर्दै पुष्टि गरेको छ ।
विश्वभर टी–२० फ्रेन्चाइज टुर्नामेन्ट खेल्दै अनुभव बटेको सन्दीपले खेल्ने लागेको यो नयाँ टुर्नामेन्ट हो । सन्दीप यसै वर्ष हुने दी हन्ड्रेड क्रिकेटको लागि ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन् ।सन्दीपलाई रिकी वेस्सेल्सले वर्सेस्चसाएरमा ल्याउन भूमिका खेलेको क्लबले जनाएको छ । पाकिस्तान सुपर लिगमा सन्दीप र वेस्सेल्सले सँगै खेलेका थिए ।
सन्दीपसँगै अष्ट्रेलियन खेलाडी बेन ड्वार्सहुइस रापिड्सको विदेशी खेलाडीको रुपमा क्लबले जनाएको छ । उनीहरु टुर्नामेन्ट समूह चरणको पूरै खेलमा टिमको लागस अभाइलेबल हुनेछन् ।रापिड्सका मुख्य प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको अनुबन्धबाट खुशी भएका छन् । ‘सन्दीपले धेरै टुर्नामेन्ट खेलेका छन् र फ्रेन्चाइज क्रिकेटमा धेरै अनुभव लिएका छन् ।’ गिडमनले भने, ‘उनी लेगस्पीनर हुन्। हामीले टिममा सन्तुलनका लागि उनलाई अनुबन्ध गरेका हौँ । उनको अनुबन्धबाट हामी खुशी छौँ ।’
तपाइँको प्रतिक्रिया