नेपाली संगित उद्योगलाई माथि उकास्न म्यूजिक नेपालले संगित एटीएमको सुरुवात

डिजिटल मिडियाको विकास सँगै पाईरेसी सजिलो बन्दा थला परेको नेपाली संगित उद्योगलाई माथि उकास्न म्यूजिक नेपालले संगित एटीएमको सुरुवात गरेको छ । राजधानीको न्यूरोडको एक मोबाईल पसलमा पहिलो संगित एटिएम स्थापना गरेर सुरुवात गरिएको एटीएम देशै भरी विस्तार गर्ने योजना रहेको आईतवार काठमाडौमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । एटिएम रहेको पसलबाट रकम तिरेर भौचर लिएपछि त्यो भौचरलाई स्क्यान गरेर संगित आफ्नो मोवाईल, पेनड्राईभ र सीडीमा डाउनलोड गर्न सकिने छ । यसरी उपभोक्तले डाउनलोड गरेपछि प्राप्त हुने रकम म्यूजिक कम्पनी, गितकार,संगितकार र गायकलाई रोयल्टी प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा बोल्दै म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्माले संगितको सुकेको खुद्रा ब्यवसायलाई पुन जनतासँग जोड्न संगित एटीएम ल्याएको भन्दै पहिलो चरणमा १० बटा र त्यसपछि देशै भरी एटीएम राख्ने जानकारी दिनुभयो ।
बरिष्ठ गितकार रत्न समशेर थापाले प्रविधिको विकाससँग आफूलाई लान सके नेपाली संगित अन्तर्राष्ट्रिय करण हुने भन्दै त्यसकोलागि पहल गर्नु पर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया