नेपाली सेनाद्धारा निशुल्क स्वास्थ्य शिबिर

पुरुषोत्तम सुबेदी,परासी , ७ पुस । नवलपरासीमा नेपाली सेनाले संचालन गरेका निशुल्क स्वास्थ्य सेवा शिबिर बाट जिल्लाको ग्रामीण क्षेत्रका स्थानियहरु लाभाम्बित भएका छन् । गरिब र बिपन्न समुदायलाई लक्षित गरी जिल्लाको बिकट ग्रामीण क्षेत्र रामपुरखडैनामा बज्रदल गणले संचालन गरेको स्वास्थ्य शिबिरबाट स्थानिय बिरामीहरु लाभाम्बीत भएका हुन् । सो शिबिरमा करिब ५ बढी स्थानियहरुले स्वास्थ्य परिक्षण सहित निशुल्क रुपमा औषधी लिएका थिए । यसरी नेपाली सेनाको पहलमा स्वास्थ्य शिबिर पाएपछि स्थानियहरु हर्सीत बनेका छन् ।शिबिरमा महिला र बृद्ध बद्धाहरुको उल्लेखिनय सहभागीता रहेको थियो । लामो समयदेखी जिल्लामा अत्यआवश्यक औषधि हुदा स्वास्थ्य क्षेत्र प्रभाबीत बनेको समयमा सेनाले ग्रामीण क्षेत्रमा गरेको स्वास्थ्य शिबिरले केही भएपनि स्थानियहरुलाई राहत प्रदान गरेको थियो ।जनताको हरेक सुख
दुख मा नेपाली सेना जनताको सेवामा सदैब समर्पित छ भन्ने सन्देश प्रवाह गर्न सो स्वास्थ्य शिबिर संचालन गरिएको बज्रदल गणले जनाएको छ ।
तपाइँको प्रतिक्रिया