नेपाल जापान सहयोग समितिद्धारा राहत वितरण

सन्त कुमार चौधरी
रत्ननगर, ५ भदौं ।
रत्ननगर उद्योग वाणिज्य संघद्वारा संचालित बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका सहयोगी संस्था युनिसेफ नेपाल र संघद्वारा रत्ननगर वडा नं ७ स्थित मुसहर टोलका १० जना बालबालिकालाई विद्यालय निरन्तरताका लागि शैक्षिक सामाग्री सहयोग गरिएको छ । साथै सोही टोलका १८ घरपरिवारलाई र रत्ननगर वडा नं ८ का २१ घरपरिवारलाई चामल, खाद्यान्न, त्रिपाल, फिनेल, ब्लाङकेट, बाल्टिन, मग, पानी शुद्धिकरणको लागि एक्वाटयाब, झुल र मच्छेड धुप सहयोग गरिएको छ ।
उक्त कार्यक्रममा अध्यक्ष राजाराम रेग्मी, रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायन वन, उपप्रमुख बिमला दुवाडी, संघका महासचिव निराजन खनाल, यूनिसेफ क्षेत्रिय कार्यालय भरतपुरका बाल संरक्षण अधिकृत अञ्जु आचार्य, र.न.पा. ७ का वडा अध्यक्ष लालबहादुर भट्ट, र.न.पा. ८ का वडा अध्यक्ष बिनोद बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया