नेपाल टेलिकमले आफ्नो सेवाको नयाँ महसुल दर सार्वजनिक

काठमाडौं/ नेपाल टेलिकमले आफ्नो फाइबर टु द होम (एफटिटिएच) सेवाको नयाँ महसुल दर सार्वजनिक गरेको छ । कम्पनीले विद्यमान महसुल परिमार्जन गरी नयाँ मूल्य कायम गरेको जनाएको छ । कम्पनीले ३ असारदेखि लागू हुने ४ वटा प्याकेज सार्वजनिक गरेको छ । जसअनुसार ३ महिना अवधि भएको प्याकेजको मूल्य ५ हजार १ सय ६० रुपैयाँ तोकिएको छ । १ सय २० जिबी डाटा रहेको प्याकेजको ब्यान्डविथ १० एमबिपिएसभन्दा बढी छ । त्यस्तै, ६ महिने अवधि भएको प्याकेज मूल्य ९ हजार १ सय २० रुपैयाँ तोकिएको छ । यसमा २ सय ५० जिबी डाटा रहेको छ भने गति १० एमबिपिएसभन्दा बढी छ । १२ महिने अवधिको ६ सय जिबी डाटा, १ सय एमबिपिएस व्यान्डविथ भएको प्याकेज मूल्य २३ हजार ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, टेलिकमले हाल उपलब्ध रहेका एफटिटिएच सेवाको सिपिईको शुल्कसमेत परिमार्जन गरेको छ । यसमा ३ महिनाको ५ हजार, ६ महिनाको २ हजार र १२ महिनाको नि:शुल्क रहेको कम्पनीले जनाएको छ । एफटिटिएच जोड्न चाहिने अप्टिकल फाइबरको मूल्य २ कोरको प्रतिमिटर २० रुपैयाँ पर्नेछ ।
तपाइँको प्रतिक्रिया