नेपाल तमु विद्यार्थि छोजधि जिल्ला कार्य समितिको नवलपरासीको अध्यक्षमा नरेश तमु

नवलपरासी,
असोज २२,नेपाल तमु विद्यार्थि छोजधि जिल्ला कार्य समितिको नवलपरासी को छैटौ अधिवेशनले २५ सदस्थिय समिती सहित सहित अध्यक्षमा नरेश तमु सर्वसम्मतले चयन हुनुभएको छ । नवलपरासीको कावासोतिमा रहेको मिलन घर मा शुक्रवार भएको अधिवेशनमा उपाध्यक्षमा सविता तमुस्यो,सचिवमा रस्मि तमुस्यो,कोषध्यक्षमा विशाल तमु,सहसचिवमा नारायण तमु, न्ोपाल तमु विद्यार्थि छोजधि जिल्ला जिल्ला कार्य समिति नवलपरासी संगठन विभाग प्रमुख सुमती तमुस्यो,प्रचार प्रसार विभाग योगेश तमु चयन हुनुभएको छ ।
न्ोपाल तमु विद्यार्थि छोजधि जिल्ला कार्य समिति नवलपरासिका नि वर्तमान अध्यक्ष ईतराज गुरुङ्ग असिफको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोजधि कार्य समितिका जिल्ला अध्यक्ष समेबुद्धि वाहादुर तमु प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गरि विशेष अतिथिमा केन्द्रिय महासचिव विष्णु तमु,केन्द्रिय सदस्य माया तमुस्यो,जनकाजि तमुस्यो,प्रचार प्रसार का जगतकाजि ,अमन तमु,मिलन तमु लगाएतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया