नेपाल पत्रकार महासंघले माग्यो राष्ट्रपतिको राजीनामा माग

काठमाडौं, असोज ६
नेपाल पत्रकार महासंघले राष्ट्रपतिको राजीनामा माग गरेको छ ।
राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि निकास दिनुपर्ने भन्दै राजीनामा माग गरेको हो ।
महासंघको बिहीबार बसेको बैठकले राष्ट्रपतिको राजीनामा माग गरेको हो । महासंघको नेतृत्वमा अहिले सत्तारुढ पाँचदलीय गठबन्धनको बर्चस्व रहेको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको उल्लंघन गरेको र यसले सार्बभौम राष्ट्रमा विधिको शासनमाथि प्रहार भएको ठहर गर्दै राजीनामा माग गरेको हो ।
महासंघले भनेको छ, ‘जनताका प्रतिनिधिको सर्वोच्च संस्था संघीय संसदले बनाएका विधेयक वा अन्य कानूनहरू सही वा गलत भनेर टिप्पणी गर्ने अधिकार आमनागरिकलाई भएपनि विधिको शासनलाई पालना गर्नु राष्ट्रपतिदेखि आमनागरिकसम्म सबैको जिम्मेवारी हुन्छ । संविधानमाथि प्रहार भएको यो अवस्थाको दीर्घकालीन समाधानका लागि राष्ट्रपतिले निकास दिनुपर्ने मत महासंघको छ’ ।
तपाइँको प्रतिक्रिया