नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा होमराज रानाभाट विजयी

कावासोती २२ – नेपाल पत्रकार महासंघ नवलपरासीको १० औ अधिवेशनबाट अध्यक्षमा होमराज रानाभाट विजयी भएका छन् । प्रेस युनियनका रानाभाटले शनिबार भएको मतदानमा संयुक्त बाम प्यानलका रामकुमार श्रेष्ठलाई ५४ मतले पराजित गर्दै विजयी भएका हुन् । रानाभाटले १ सय ६ मत प्राप्त गरे भने श्रेष्ठले ५२ मत हात परे । यस्तै उपाध्यक्षमा संयुक्त प्यानलका सागर पोख्रेललाई पराजित गदै युनियनका हरि शर्मा विजयी भए । महिला उपाध्यक्षमा युनियनकै पूजा चापागाई, सचिवमा संयुक्त प्यानलका राजकुमार रेश्मी, खुल्ला सह सचिवमा युनियनका बिष्णु गौंडेल, समाबेसी सह सचिवमा अनिल यादव कोषाध्यक्षमा इश्वरी चापागाई विजयी भए । यस्तै सदस्यहरुमा लक्ष्मी हरीजन, कल्पना कुववर, श्याम बुचा मगर, मधेशी तर्फ नन्द कुमार यादव, सद्दाम हुसेन अन्सारी, प्रकाश न्यौपाने, बुद्धिराज कडरीया, रञ्जना लम्साल, भिमलाल गाहा मगर, रविन शर्मा चापागाइ र प्यानलका तिर्थराज डुम्रे विजयी भएका छन् । केन्द्रिय पार्षदमा युनियनका १५ र संयुक्त प्यानलका ३ जना विजयी भएका छन् ।
तपाइँको प्रतिक्रिया