कालिका संस्कृत विद्यापीठद्धारा प्रज्ञालोक अकं ३ को विमोचन

हिमा अर्याल, गैँडाकोट, १९ असोज ।
नेपाल प्रध्यापक संघ कालिका संस्कृत विद्यापीठ एकाइ समिति गैँडाकोटले मंगलबार प्रज्ञालोक अकं ३ को विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत १६ वटा लेख समावेश भएको प्रज्ञालोक अकं ३ विमोचन गरिएको कालिका संस्कृत विद्यापीठका प्राचार्य तथा सह प्राध्यापक रामचन्द्र कंडेलले जानकारी दिनु भयो । यस अघिका वर्षहरुमा कालिका संस्कृत विद्यापीठ एकाइ समिति गैँडाकोटद्धारा प्रज्ञालोकको अकं १ र २ प्रकाशित भैसकेको छ ।
कोरोना संक्रमणका कारण अकं ३ प्रकाशनमा केहि ढिलो भएको बताउदै कंडेलले मंगलबार प्रज्ञालोक अंक ३ पनि सबैमाझ पस्कन सफल भएको बताउनु भयो । विज्ञसमीक्षीत अनुसन्धनात्मक बहुभाषिक पत्रिका ( प्रज्ञालोक अंक ३) त्रिभासिक पुष्तक रहेको कंडेलले बताउनु भयो । यसभित्र संस्कृत, नेपाली र अंग्रेजी भाषामा विभिन्न विद्याहरु रहेका छन् ।
कार्यक्रममा विद्यापीठ सञ्चालक समितिका अध्यक्ष तिलक प्रसाद सापकोटा, प्राचार्य एवम् सह प्राध्यापक रामचन्द्र कंडेल, संञ्चालक समिति सदस्य वेद प्रसाद गौडेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथी रहनु भएका वरिष्ठ कविवर गोविन्दराज विनोदीले संस्कृत भाषा संरक्षणमा प्रज्ञालोक अंक ३ ले ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो । सह प्रध्यापक माधव प्रसाद चालिसेले प्रज्ञालोकको बारे समिक्षा गर्दै यसमा विद्याथिहरुका लागि थप ज्ञान र अनुसन्धानका विषयहरु भएको बताउनु भयो । विमोचन कार्यक्रममा आउदै गरेको बडा दशै, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको थियो ।
समितिका उप सभापति तथा उपप्राध्यापक झवेन्द्र पाण्डेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण समितिका सचिव एवम् उपप्राध्यापक कृष्णमणि पहारीले गर्नु भएको थियो भने धन्यबाद ज्ञापन प्रज्ञालोकका प्रधानसम्पादक एवम् उपप्राध्यापक कपिलदेव भट्राईले गर्नु भएको थियो । कार्यक्रम नेपाल प्राध्यापक संघ कालिका संस्कृत विद्यापीठ एकाइ समिति गैँडाकोटका सभापति तथा सहप्राध्यापक खिमानन्द ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया