नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यका लगायत देशका अन्य शहरहरुमा न्यून, १७ जना पक्राउ

काठमाडौं, भदौं ७
नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यका लगायत देशका अन्य शहरहरुमा न्यून देखिएको छ ।
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको बन्दमा मंगलबार सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाध रुपमा आवतजावत भइरहेका छन् ।
यद्यपि हुन सक्ने संभावित जोखिमहरु कम गर्नका लागि सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको छ ।
उपत्यकामा बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया