नेपाल भारत प्रबुद्ध समूहको बैठक मंगलबारदेखि नयाँदिल्लीमा शुरु

काठमाडौ १७, नेपाल भारत प्रबुद्ध समूहको बैठक मंगलबारदेखि नयाँदिल्लीमा शुरु भएको छ । बैठकमा सहभागीका लागि नेपाली टोली सोमबार नयाँदिल्ली प्रस्थान गरेको छ । प्रबुद्ध टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री निलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् । भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन् । ईपीजीको नयाँदिल्ली बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने तयारी गरेको छ । १९५० को सन्धिबारे पटक(पटक कुरा उठेपनि कुनै निष्कर्षमा पुग्ने गरेको छैन । भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि आफू तयार रहेको भन्दै नेपालले के संशोधन चाहेको प्रस्ताव ल्याउनु पर्ने बताउँदै आएको छ । तर, नेपालले प्रस्ताव राखेको छैन । यो पटक भने ईपीजी बैठकमा यसबारे प्रस्ताव लैनाने नेपाली टोलीको तयारी रहेको एक सदस्यले बताए । १९५० सन्धी लगायत सबै विषयमा अध्ययन गरी प्रतिवेदन दिन प्रबुद्ध समूह गठन गरिएको हो ।
तपाइँको प्रतिक्रिया