नेपाल भारत मैत्री संघले नेपाल र भारतबिचको सम्बन्धमा देखा परेको अन्यौलतालाई तत्काल वार्ता मार्फत समस्या समाधान खोज्न आग्रह

नेपाल भारत मैत्री संघले नेपाल र भारतबिचको सम्बन्धमा देखा परेको अन्यौलताले असहज अबस्था सिर्जना भएको भन्दै तत्काल वार्ता मार्फत समस्या समाधान खोज्न आग्रह गरेको छ । बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे संघले नेपाल र भारतबिच राजनैतकि र कुटनैतिक सम्बन्धमा देखा परेको अन्यौलताले सिर्जना गरेको असहज र असाधारण परिस्थीतीले मर्माहत बनाएको भन्दै समाधान खोज्न आग्रह गरेको हो । संघले दुइ देशबिच सदियौदेखि रहदै आएको जनस्तरको सद्भाव र मित्रतामा कुनै किसिमको आच आउन नदिने वाताबरण सिर्जना गर्न दुबै देशका प्रधानमन्त्रीलाई आग्रह पनि गरेको संघका अध्यक्ष ओम प्रकाश सरावगीले जानकारी दिनुभयो ।
उहाले केहि शक्तिहरुले नेपाल भारत सम्बन्धमा दरार ल्याउन लागीपरेको भन्दै तत्काल निकास खोज्नुपर्नेमा पनि जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया