नेपाल भारत सम्बन्ध सुधारका लागि कावासोतीमा जनसभा

ज्ञानु पंगेनी /सर्मिला चापागाई
नवलपरासी , २६ फागुन
नेपाल भारत मैत्री जन जागरण अभियान अन्र्तगत नवलपरासी पूर्व कावासोतीमा चैत्र ९ गते जनसभा गरिने भएको छ ।
कावासोतीमा शनिवार पत्रकार सम्मेलन गरि आयोजक संस्था नेपाल भारत मानव विकास एवक् मैत्री संघले कार्यक्रमका वारेमा जानकारी गराएको हो ।
बिकास र समृदि ः एकाईसौ शताब्दिमा नेपाल र भारत बिच सम्वन्ध भन्ने मूल नारामा रहेर उक्त दिन वृहत अन्तरकृयासंगै बक्तृत्वकला प्रतियोगिता गरिने पत्रकार सम्मेलनमा संघका संयोजक सूर्य न्यौपानेले जानकारी गराए ।
नेपाल र भातबिचमा एकअपसमा गहिरो सम्बन्ध रहदै आएको भएपनि विभिन्न समयमा विभिन्न विषयवस्तुलाई लिएर नकारात्मक टिका टिप्पणीहरु ह्ुने गरेकाले त्यस्ता नकारात्मक कुरालाई चिर्न जनसभाको आयोजना गर्न लागिएको भुषलले बताए । उक्त दिन सकेसम्म भारतीय राज दुतावासको सहभागितामा कार्यक्रम गरिने यदि सम्भव नभएमा भारतका विशिष्ट व्यक्तीत्वहरुको सहभागिता रहेने भुषालले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया