नेपाल मगर संघ गैँडाकोटको २३ औँ साधारणसभामा सहिद क्याप्टेन लखनको शालिक अनावरण

गैँडाकोट, २४ पुष ।
नेपाल मगर संघ नगर समिति गैँडाकोटको २३ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहिद क्याप्टेन लखन थापा मगरको शालिक अनावरण समेत गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं ३,४ र ८को सिमाना रहेको लखनचोकमा सहिद क्याप्टेन लखन थापा मगरको शालिक अनावरण गरिएकोे नेपाल मगर संघ नगर समितिका अध्यक्ष दुर्गाबहादुर मर्साङि मगरले जानकारी दिनु भयो ।
शालिक ८ लाख ६४ हजार ३ सय लागतमा निर्माण गरिएको मर्साङिले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति चेसराम आलेले शालिकको अनावरण गर्नु भएको थियो । समितिको १३ औ अधिवेशन चलिरहेको छ ।समितिको प्रगति प्रतिवेदन सचिव कुल बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष लिला थापा मगरले प्रस्तुत गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया