नेपाल महिला संघ चितवनको क्षेत्रीय अधिवेशन बुधबार पाँचै क्षेत्रमा सम्पन , क्षेत्र नं. १ को अध्यक्षमा राममाया कँडेल निवार्चित

चितवन २०, नेपाल महिला संघ चितवनको क्षेत्रीय अधिवेशन बुधबार पाँचै क्षेत्रमा सम्पन भएको छ । विहानै देखि शुरु भएको निवार्चन प्रकृयाले धेरै क्षेत्रमा नयाँ समिति चयन गरि सकेको छ । क्षेत्रीय अधिवेशनबाट हुनु भएको छ । उहाँले कुल खेसेको १ सय १४ मतमा ६७ मत ल्याउनु भयो । उहाँको प्रतिद्धन्द्धी अम्बिका तिमेल्सेनाले ४१ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा कुलम १ सय २४ मतदाता रहेका थिए । यस्तै क्षेत्र नं.१ मा महाधिवेशन प्रतिनिधी ८ जना र क्षेत्रीय सदस्यहरु भने निर्वा्चित भएका छन् । त्यसैगरि नेपाल महिला संघ चितवनको क्षेत्र न.२ मा सबै पदमा निर्विरोध भएको छ । अध्यक्षमा शर्मिला लामिछाने निर्विरोध निर्वा्चित हुनभएको छ । क्षेत्र न २ मा महाधिवेशन प्रतिनिधी र क्षेत्रीय समिती सबै सवैसम्मत चयन गरिएको छ । यस क्षेत्रमा १४० जना मतदाता रहेका थिए । यसैगरि क्षेत्र नं. ३ मा भने अध्यक्षमा पवित्रा के.सी निवार्चित हुनु भएको छ । उहाँले कुल ४० मत ल्याउनु भएको थियो भने उहाँको प्रतिद्धन्द्धी सृजना बस्यौला देवकोटाले ३५ मत प्राप्त गर्नु भएको थियो । यस क्षेत्रमा ८६ मतदाता रहेकामा ८२ मत खसेको थियो भने ७ मत बदर भएको थियो । त्यसैगरि महिला संघको क्षेत्र नं.४ को अध्यक्षमा भगवती गौतम ८१ मतका साथ निर्वा्चित हुनु भएको छ । उहाँको प्रतिद्धन्दी विष्णु माया पाण्डेले ६० मत ल्याउनु भएको थियो । सबैभन्दा बढि १ सय ५१ मतदाता रहेको सो क्षेत्रमा १४८ मत खसेको थियो । यस क्षेत्रमा भने महाधिवेशन प्रतिनिधी र क्षेत्रीय सदस्यहरुमा निर्वाचन भएको थियो । त्यसैगरि क्षेत्र नं. ५ को अध्यक्षमा सावित्री ढकाल निर्वा्चित हुनु भएको छ । उहाँले ५४ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिद्धन्द्धी अन्जना भण्डारीले ४९ मत प्राप्त गर्नु भएको थियो । कुल १ सय १३ मत दाता रहेका सो क्षेत्रमा १०५ मत खसेको थियो । यस क्षेत्रमा पनि महाधिवेशन प्रतिनिधि र सदस्यहरुमा निर्वाचनबाटै चयन गरिएको थियो । महिला संघमा महाधिवेशन प्रतिनिधि अन्तरगत ५ खुुल्ला, १ जनजाति, १ दलित, १ अल्पसख्यक गरि ८ जना प्रत्येक क्षेत्रबाट चयन गरिएको हो । नेपाल महिला संघ चितवन जिल्लाको अधिवेशन भने आगामी जेठ २२ गते हुने छ । नेपाली काँग्रेसको बलियो भातृ संगठनको रुपमा रहेको यस संघमा विगत १० वर्षदेखि निर्वाचन हुन सकेको थिएन् ।
तपाइँको प्रतिक्रिया