नेपाल महिला संघ नगर कार्य समिति कावासोतीद्वारा शुभ कामना तथा चिया पान कार्यक्रम आयोजना

बिबेक भण्डारी,नवलपरासी नेपाल महिला संघ नगर कार्य समिति कावासोतीले मंगलवार शुभ दिपावलि तथा छट, ल्योसारको उपलक्षमा शुभ कामना तथा चिया पान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा नेपाल महिला सघंकी पुर्व अध्यक्ष कमला पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेकि पन्तले देशमा पहिलो पटक महिला राष्ट्रपति भएको हुदा अव महिलाहरु कुनै पनि प्रकारको भयमा नरहि महिला हक अधिकारमा आफ्नो भुमिका अग्रस्थानमा राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल महिला संघ कार्य समितिकी अध्यक्ष विन्दु केसि अधिकारीको अध्यक्षतामा आयोजना भएको थियो ।
तपाइँको प्रतिक्रिया