नेपाल विधुत प्राधिकरण नवलपरासीद्वारा रकम तिर्न बाकि ग्रहकको विधुत कटौती कार्य तिव्र

विवेक भण्डारी
१२ भदौ,कावासोति,नेपाल विधुत प्राधिकरणले विधुत कटौती कार्यलाई तिब्रता दिए संगै नेपाल विधुत प्राधिकरणले यति बेला आर्थिक कारोबार दह्रो बनाएको छ । नेपाल विधुत प्राधिकरणले बाकि बक्यौता नतिर्नेहरुको विधुत कटौती अभियान नै संञ्चालन गरे संगै आर्थिक वर्ष ७३ र ७४मा विधुतमा आर्थिक रकम बढ्दो छ । त्यस्तै नवलपरासीले पनि विधुत रकम तिर्नबाकि रहेकाहरुको विधुत कटौती गर्न थाले पछि रकम संकलन भएको छ । नेपाल विधुत प्राधिकरण कावासासेतीले आर्थिक वर्ष यता र आर्थिक वर्ष भित्र कुल १ करोड ४८ लाख ३१ ह्जार ९ सय ७७ रुपैया र आर्थिक वर्ष अर्थात असार देखि यता १६ वटा विधुत कटौती गरि लगभग ६ लाख १४ हजार रकम रहेकाको कटौटि गरि अशुलि समेत गरिएकोे नेपाल विधुत प्राधिकरण कावासासेती शाखाका प्रमुख उमेश कुमार यादवले वताउनुभयो ।
यादवले नेपाल विधुत प्राधिकरणले ६० दिन भित्र रकम नबुझउनेलाई कावार्हि गर्ने नियम नै रहेको भन्दै आफुहरुले त्यहि अनुसार कावार्हि गर्ने बताउनुभयो । नेपाल विधुत प्राधिकरण कावासोती शाखाका प्रमुख यादवका अनुसार अहिले सम्म निजि क्षेत्रको भन्दा सरकारी क्षेत्रमा रकम बक्यौता बढि रहेको बताउदै सरकारी क्षेत्रकाट करिव ३५ लाख उठाउन बाकि रहेको बताउनुभयो । उहाका अनुसार स्वास्थ्य क्षेत्र र बन क्षेत्र संग बढि रकम बाकि रहेको वताउनुभयो । स्वास्थ्य क्षेत्रमा करिव २८ लाख बाकि रहेको र वन क्षेत्र तर्फ करिव ४ लाख रहेको वताउनुभयो ।
यसरी विधुत रकम तिर्न बाकि बक्यौता तत्काल असुल गर्ने र आफ्नो यो अभियानमा सहयोग गरि दिनुहुन समेत यादवले आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया