नेपाल सम्वत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

कार्तिक १५,
नेपाल सम्वत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको समेत वताईन्छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।भन्ने यस समुदायको विश्वास रहि आएको छ । विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । यसै अनुसार नवलपरासी र चितवनमा रहेका जेवार समुदायहरुले विभिन्न कार्यक्रमको आयोजना गरि धुमधामले मनाएका छन । नवलपरासीको गैडाकोट भेडावारी हर्कपुर,अमरापुरी,कावासोति लगाएतका स्थानहरुमा विभिन्न किसीमको कार्यक्रमहरुको आयोजना गरि नेवारसमुदायले नयां वर्षको स्वागत गरेका छन । जिल्लाका विभिन्न स्थानमा शुभकामना आदानप्रदान तथा र्याली समेत गरिएको थियो । यसै अवसरमा कावासोतीमा रहेको रेडियो कावासोतीले नेवार समुदायसंग शुभकामना आदानप्रदान गरेको छ ।
तपाइँको प्रतिक्रिया