नेपाल स्काउट संरक्षकको दीक्षा प्रधानमन्त्रीद्वारा ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्काउटको संरक्षकको दीक्षा ग्रहण गर्नुभएको छ । नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा आयोजित समारोहमा प्रमुख आयुक्त रवीन दाहालले संरक्षकको हैसियतमा उहाँलाई सो दीक्षा प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री उक्त स्काउटको संरक्षक हुने व्यवस्था छ । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै हिसाबले सेवा पु¥याएकैले देशभर फैलिन सफल भएको नेपाल स्काउटले भूकम्पका बेला निर्वाह गरेको भूमिका सह्रानीय भएको उल्लेख गर्दै हरेक निर्वाचन क्षेत्रका हरेक सामुदायिक विद्यालयमा स्काउट शिक्षा पु¥याइने र यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो । आफूले स्काउटको संरक्षकको भूमिका मात्र निर्वाह नगरी यसको संरक्षण विस्तार र प्रभावकारिताका लागि पहल गर्ने बताउँदै उहाँले सामुदायिक विद्यालयका शिक्षकलाई स्काउटको मास्टर तालिम दिलाउन पनि सहयोग गरिनेमा जोड दिनुभयो ।युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले देशभर स्काउट सेवा पु¥याउन सरकारका तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया