नेपाल स्वास्थ्य व्यवसायी संघ, गैंडाकोटले डेङ्गो रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्दै

गैंडाकोट, असोज २
गैंडाकोटमा डेङ्गु रोग सम्बन्धी सचेतनामुलक कार्यक्रमको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको छ ।
गैंडाकाटमा रहेका स्वास्थ्य व्यवसायीहरुको संगठन नेपाल स्वास्थ्य व्यवसायी संघ, गैंडाकोटले कार्यक्रम गर्न लागेको हो ।
डेङ्गु रोगबारे विद्यालयका विद्यार्थीहरुलाई सचेतना मुलक दश दिने सचेतना कार्यक्रमको बारेमा जानकारी दिन आईतबार सस्थाको सभाहल गैंडाकोट ५ मा भएको पत्रकार सम्मेलन गरिएको हो ।
पछिल्लो समय देशका अधिकांस स्थानहरुमा डेङ्गु रोगका कारण बिरामीहरुको संख्या बढ्दै गईरहेका कारण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष ईश्वरी प्रसाद घिमिरेले बताउनु भयो ।
डेङ्गो रोग Aedes Aegypti नामको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकोले पछिल्ला दिहरुमा महामारीको रूप लिइरहेको र केही मानिसहरूको मृत्यु समेत भइसकेको सरकारी तथ्याँकले देखाएको छ ।
संस्था जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने र जनस्वास्थ्य सँग प्रत्यक्ष सरोकार राख्ने हुनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरु मार्फत समाजमा डेङ्गो रोगको रोकथाम र न्यूनिकरणका लागि १० दिने कार्यक्रम आयोजना गर्न लागेको हो ।
यो कार्यक्रम विद्यालयसँगै समाजका विभिन्न टोलटोलमा पनि गरिने जानकारी दिनुभयो । जस अन्तर्गत संस्थाले टोलटोलमा सचेतनाका लागि माईकिङ्ग, पर्चाप्यामप्लेट, ब्यानर आदिबाट पनि जानकारी दिनेछ । टोलटोलमा नै स्वास्थ्यकर्मीहरु पनि उतारी जानकारी तथा सेवा प्रबाह गर्ने संस्थाले बताएको छ । यसका लागि समुदायका सबै सरोकारवाला पक्षहरुसंग सहकार्य र हातेमालो गर्न संस्थाले हार्दिकता पूर्वक आग्रह समेत गरेको छ ।
विगतमा पनि जब विभिन्न महामारीहरु फैलन्छ त्यस समयमा संस्थाले विभिन्न जनचेतनामुलक कामहरु गर्दै आईरहेको छ । समुदायलाई सचेत बनाइ “Prevention is better than cure” को अवधारणा बसाल्नु हामी सबैको कर्तव्य हो भन्ने संस्थाको उद्देश्य रहको संस्थाका सचिब खुमनाथ शर्माले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया