नेवारी समुदायले गाईजात्रा पर्व धुमधामका साथ मनाए

साउन ३१ , काठमाडौँ
हामी नेपाली संस्कार र संस्कृतीमा अत्यन्तै धनी छौं, हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरू विविध मौलिक स्वरूपमा हाम्रो सामू साक्षि भई बसेका छन् । हाम्रा रितिरिवाजहरूमा मौलिकता, आत्मियता तथा अपनत्व भरीएका हुन्छन, जीवजन्तुदेखि माटोसम्म, रुखदेखि पातसम्म अनि काँचो कपासको डोरीदेखि सूर्यसम्म हामीले पूजा(अर्चना गरिआएका छौं र यस्ता संस्कार र रितीहरुलाई विस्तृत रुपमा ’हाम्रो पात्रो’ले तपाइसमक्ष संधै ल्याएकै छ । हामीमध्ये धेरैले सम्भवतः बिद्यार्थी जीवनमा लेखेको प्रथम निबन्ध नै गाईकोबारेमा भएको हुन सक्छन् । वैदिक सनातन संस्कार मात्र नभई सिन्धुघाँटस् सभ्यता र भारतवर्षमा गाईलाई दैनिक जीवनमा धार्मिक, सांस्कृतिक अवसरहरूमा विशेष सम्मान र आस्थाको प्रतिकको रूपमा पुजिन्छ, गाईजात्रा पर्व पनि यस्दै सांस्कृतिक महत्वको एउटा उदाहरण हो ।
यो जात्रा विशेषतः गत वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्दछ । सडकमा गाई, गाईकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ । मृत्यु भएका आफन्तको संझनामा गरिने जात्रामा आत्मसाथ गरिएको रमाइलो र हाँसोका माध्यमहरुलाई बिचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवस्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाको रुपमा लिएर अघि बढ्नकालागि मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँदछ ।
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा गर्ने गर्दछन् । विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यू भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले । राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाण्डौ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । त्यही दिनदेखी जात्रा मनाउन सुरु गरिएको हो ।
तपाइँको प्रतिक्रिया