नेविसंघ विघटन गर्नसक्ने चेतावनी :काँग्रेस महामन्त्री कोईराला

गैँडाकोट ,जेठ २२। नेपाली काँग्रेसका महामन्त्री शशांक कोईरालाले नेविसंघ विघटन गर्न सक्ने चेतावनी दिनुभएको छ । नेपाल विद्यार्थी संघ प्रदेश नं ४ को कार्यकर्ता प्रशिक्षणको नवलपरासीको गैँडाकोटको होटल मौलाकालिकामा उद्घाटन गर्दै कोईरालाले नेविसंघ परिवर्तन नहुने हो भने यसको औचित्य नभएको वताउनुभएको हो । नेपाल विद्यार्थी संघ गुटगत राजनितिमा लागेको भन्दै काँग्रेस महामन्त्री शशांक कोईरालाले नेविसंघ विघटन गर्न सक्ने चेतावनी दिएका हुन् । कोईरालाले आफुलाई भविश्यमा पार्टी सभापति वा प्रधानमन्त्री वनाउने लोभ नदेखाउन नेविसंघका कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा कोईरालाले विगतदेखि भएका सवै परिवर्तनलाई पुनर्विचार गर्नुपर्ने वेलाआएको दोहोराएका थिए । सयौं विधार्थी, काँग्रेस कार्यकर्ता साथै केन्द्रिय नेताका अगाडि कोईरालाई यो समय पुराना निति सिद्धान्तलाई पुनर्विचार गर्ने वेला भएको वताउनुभएको हो । प्रदेश नं ४ को ११ जिल्लाका सय भन्दा वढि नेविसंघका कार्यकर्तालाई दुई दिईने प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ,देवेन्द्रराज कण्डेल, नेविसंघका केन्द्रिय अध्यक्ष रन्जित कर्ण लगायत २ दर्जन वक्ताहरुले नेविसंघको छिट्टो अधिवेसन हुनुपर्ने वताएका थिए । कार्यक्रम नेविसंघका केन्द्रिय सदस्य गोकुल सापकोटाको अध्यक्षतामा भएको हो ।
तपाइँको प्रतिक्रिया