पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, २४ पुस । पछिल्लो २४ घण्टामा नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९७६२ र एन्टिजेन विधिबाट ३५०२ जनामा परिक्षण गर्दा ९४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप २९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ६ जना पुगेको छ । निको हुने दर ९७।९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप कसैको मृत्यु भएको जानकारी छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०२ छ ।
तपाइँको प्रतिक्रिया