पछिल्लो २४ घण्टामा ५०५५ जना निको, एकै दिन २१४ जनाको मृत्यु
३० वैशाख, काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ । हिजो कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको थियो ।
कूल संक्रमित संख्या ४ लाख ३१ हजार पुगेको छ । कूल मृत्यु संख्या ४ हजार ४६६ पुगेको छ । पछिल्लो २४ घण्टामा ५०५५ जना निको भएका छन् । निको हुने प्रतिशत ७४।५७ प्रतिशत छ । संक्रमण दर १५।९ प्रतिशत पुगेको छ ।
सक्रिय संक्रमित संख्या १ लाख ५२ हजार पुगेको छ ।
तपाइँको प्रतिक्रिया