पठाओले आजदेखि चितवनमा अटो र बाइकमा राइड सेवा सुरु गर्दै

चितवन, असोज ८
राइड सेयरिङ प्लाटफर्म पठाओले आजदेखि चितवनमा अटो र बाइकमा राइड सेवा सुरु गर्न लागेको छ । पठाओले आफ्नो स्थापनाको चार वर्षपश्चात उपत्यका बाहिर पहिलो पटक चितवनमा सेवा विस्तार गरेको हो ।
चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण भएको नेपालकी प्रवक्ता सुरक्षा हमालले बताउनुभयो ।
पठाओमा आवद्ध हुन चाहने नयाँ राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर–७ कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने पनि बताईएको छ ।
के छ त पठाओमा सुबिधा ?
पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको बिकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा रहेका छन् । बीमा अन्तर्गत हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो ।
पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ । पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ । २४ सै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवश्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन् ।
यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ ।
पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पूर्ण बिवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गरेर आफू पुगिरहेको गन्तब्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ । एप मार्फत बुक नगरी अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुबिधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित नहुने हमालको भनाइ छ ।
सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड सेयरिङ मार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्टमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो । भने राइड सेयरिङ सुरू गरेको २ वर्षपछि सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै काठमाडौमा ‘पठाओ फुड’ समेत सुरू रहेको हो ।
तपाइँको प्रतिक्रिया