पत्रकार गिरीद्धारा १० हजार रुपैयाको विकास पत्रकारीता पुरस्कारको घोषणा

ज्ञानु पंगेनी
नवलपुर
नवलपुर सहित तराईका जिल्लाहरुमा विहिवार हर्षोउल्लासका साथ होली पर्व मनाईएको छ ।
होलीको अवसर पारेर प्रेस संगठन नेपाल नवलपुरको आयोजनामा होली मिलन कार्यक्रम गरिएको छ ।
कावासोतीमा भएको होली मिलन कार्यक्रममा शुभकामना राख्दै प्रेस संगठनका केन्द्रिय सदस्य बिद्रोहि गिरीले आफ्ना पिताको नाममा १० हजार रुपैया बरारबको ‘कृष्णराज गिरी विकास पत्रकारीता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छन । प्रतेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर उक्त राशि बराबरको पुरस्कार विकास पत्रकारीतामा कलम चलाउदै आएका एक जना क्रियाशिल पत्रकारलाई प्रदान गर्ने गिरीले घोषणा गरेका हुन । उक्त पुरस्कार प्रेस संगठन मार्फ्त प्रदान गरिने उनले बताए ।
गिरीका पिता कृष्णराज साविकको बुलिङ्गटार गाविसका तत्कालिन एमालेका संस्थापक हुन । उनले २०५४ सालको चुनाव समेत लडेको थिए ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भट्टराईले होलीको पर्वले पत्रकारीतामा पनि रंग भर्न सकोस् भन्ने शुभकामना दिए ।
कार्यक्रम अर्जुन अविरको अध्यक्षतामा भएको थियो । प्रेस संगठनको टोलीले नवलपुरको कावासोती नगरपालिकामा पुगेर नगर प्रमुख चन्द्र कुमारी पुुन लगायत नगरपालिकाका कर्मचारीसंग समेत शुभकामना आदानप्रदान र एकआपसका रंग लगाउने कार्यक्रम गर्यो भने प्रदेश ससांद रोशन वहादुर गाहा , नवलपुरका संचारगृह रेडियो कावासोती , समथ्र्य एफ एम , स्टार टेलिभिजन , नवलपुर एफ एम , देवचुली टेलिभिजन , मध्यविन्दु एफ एम चोरमाराको दर्पण एफ एममा समेत शुभकामना आदनप्रदानको कार्यक्रम गरेको थियो ।
यसैगरी नेपाल पत्रकार महासंघ नवलपुरले समेत कावासोतीमा रहेको महासंघको भवनमा होली मिलन कार्यक्रमको आयोजना गरेको थियो । नवलपुरका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा , कोषध्यक्ष दिपक भट्टराई , सदस्य राजेश सोनाम , प्रेस युनियनका अध्यक्ष विरेन्द्र पराजुली लगायतले शुभकामना राखेका थिए ।
तपाइँको प्रतिक्रिया