पदकविजेतागिप्सनलाई चेपाङ केन्द्रको सम्मान

रत्ननगर ,चितवन
तेक्वान्दो पदक जित्ने गिप्सन नेपाल सम्मानित भएका छन । गतमहिना थाईल्याण्डको बैंककमा भएको आठौँ तिराक तेक्वान्दो प्रतियोगितामा रजत पदक विजेता गिप्सनलाई रत्ननगरमा रहेको गाँमवेशी चेपाङ संरक्षण केन्द्रले सम्मान गरेको हो । केन्द्रले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले केन्द्रका तर्फबाट सम्मान गरेका थिए । केन्द्रमा रहेका चेपाङ बालबालिकाको उपस्थितीमा उनलाई सम्मान गरिएको हो ।
उक्त प्रतियोगितामा नेपालले ४ स्वर्ण पदक जितेको छ । नेपालले ५ रजत र १६ कास्य पदक प्राप्त गरेको थियो ।
केही समय अघि कोरियामाभएको १२ औँ कल्चर एक्स्पो प्रतियोगितामा पुन्से र फार्इ्टिङमा समेत कास्य पदक हात पारेका थिए । छोटो समयमा धेरै प्रगती गरेको भन्दै सम्मान गरिएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताए । रन्ननगर १४ स्थित डुम्री चोक घर भएका गिप्सनलाई यस अघि पनि विभिन्न संघसंसथाले सम्मान गरेको थियो । चितबन घर भएका गिप्सनको परिवार भने जापानामा छ ।
तपाइँको प्रतिक्रिया