पध्र दिनको अवधिमा ८ लाख राजस्व संकलन

बिबेक भण्डारी २९, नेपालिहरुको महान पर्व विजया दशमिको समयमा ट्राफिक नियम उल्लघन गरे बापत जिल्ला ट्राफिक कार्यलय नवलपुरले दशै अवधि वा पध्र दिनको अवधिमा करिव ८ लाख रकम राजस्व संकलन गरेको छ । कार्यलयका अनुसार चाड पर्वको समयमा अनावस्यक रुपले समाजमा हल्ला मच्याउने , मोटर साइकल चलाउदा लापर्वाहि तरिकाले मोटरसाइल चलाउने तथा जुवाटास जस्ता कार्यबाट सो रकम संकलन गरेको जिल्ला ट्राफिक कार्यलय नवलपुरका प्रमुख लुकबहादुर बुढाथोकिले वताउनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष ट्राफिक चेक जाच कडा भएकोले त्यति आपत्तिजनक कार्य नभएको बुढाथोकिले जानकारी दिनुभयो यस्तै दशैको अवधिमा नवलपरासी जिल्ला भित्र वस, मोटरसाइकल, कार गरि कुल ३४ वटा सवारि दुर्घटना भएको र त्यसमा ३ जनाको मृत्यु २ जना घाइते भएको जिल्ला ट्राफिक कार्यलयले मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया