परपुरुष सँग लागेकी श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

नवलपुर, ३१ जेठ ।
कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।महिमाले कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेरश्रीमानको हत्या गर्न लगाएको खुलेको हो ।
प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको थियो । श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको थियो । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका– ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकारसहित संलग्न सबै ९ जना पक्राउ परेका छन् ।
तपाइँको प्रतिक्रिया