परालको उत्पादन घट्दो, ढुवानी समस्या बारे प्रदेशमा कुरा राख्ने सांसद लामिछानेको आश्वासन

गैँडाकोट, २५ पुस ।
नवलपरासी चितवन पराल तथा भूस व्यवसायी संघको दशौँ साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नवलपरासी चितवन पराल तथा भूस व्यवसायी संघका अध्यक्ष नरहरी सापकोटाले पछिल्लो समय परालको उत्पादन घट्न थालेकोे बताउनु भयो । धान काट्न प्रविधिको प्रयोग बढेको जानकारी दिदै उहाँले मेसिनको प्रयोगले काटिएको धानको पराल टुक्रने र पशुको लागि आहारको रुपमा प्रयोग गर्न नमिल्ने भएकाले पशु पाल्ने किसानलाई पशु आहारको अभाव हुने क्रम बढेको उहाँको भनाई छ । किसान दानामा मात्र भर पर्नु पर्ने अवस्था आउनु निकै गम्भिर विषय भएको बताउदै कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित हुनु भएका सांसद विष्णु प्रसाद लामिछानेलाई समस्या समाधान गर्न प्रदेश सरकारले पहल गरिदिन अध्यक्ष सापकोटाले आग्रह गर्नु भयो । पराल तथा भूस ढुवानी गर्दा साघुरो सडक र विजुलीका तारहरुले निकै समस्या आउने गरेको उहाँको भनाई छ ।
अध्यक्ष सापकोटाले राखेको समस्या बारे बोल्दै गण्डकी प्रदेशका सांसद एवं विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले प्रदेश सरकारलाई ऐन ल्याउन बारे आफुले पहल गर्ने आश्वासन दिनु भयो ।लामिछानेले पराल भूस व्यासायीहरुले गाई बस्तुहरुको भोजनको लागि सेवा गरेर निकै पवित्र र पुन्यको काम गरेको पनि बताउनु भयो । पराल तथा भूस ढुवानी गर्दा हुने असहजताले किसानहरु पनि समस्यामा परेको आफुले पनि देखेको बताउनु भयो ।
कार्यक्रममा आगामि नीति तथा कार्यक्रमको जानकारी दिदै कोषाध्यक्ष टेकबहादुर भुजेलले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्रगति प्रतिवेदन संघका सचिव गोविन्दराज आचार्यल प्रस्तुत गर्नु भएको थियो । स्वागत मन्तव्य संघका उपाध्यक्ष धनबहादुर घिसिङले व्यक्त गर्नु भयो । कार्यक्रममा व्यवसायी तथा संघका प्रतिनीधि सहित प्रकाश सापकोटा, गोपाल श्रेष्ठ,पर्शुराम भण्डारी, खगराज सापकोटा, आनन्द न्युरे लगायतले मन्तव्य राख्नु भएको थियो । श्यामसुन्दर लामिछानेले सहजिकरण गर्नु भएको कार्यक्रम संघका अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया