परासीमा विराट कुस्ती दंगल

सदरमुकाम परासीमा एकादशी मेला तथा विराट कुस्ती दंगल प्रतियोगिता सम्पन्न भएको छ । विगत ४१ वर्षदेखि दुर्गा पुजा एवँ मेला व्यवस्थापन समिति कालिका टोल परासीको आयोजनामा प्रत्येक वर्र्ष परासजीमा विराट मेला एवं कुस्ती दंगल लाग्दै आएको छ । मेलामा नेपाल र भारतका पहलमानहरुको सहभागितामा विराट कुस्ती दंंगल प्रतियोगिता पनि गराईएको थियो । नेपाल र भारतका गरि २१ जोडि पहलमानहरुको विचमा भएको प्रतिस्पर्धामा नेपालका वैजनाथ यादव र भारतका शैलेश यादव बरावर खेली प्रथम स्थान हासिँल गर्न सफल रहे । त्यस्तै द्धितिय स्थानका लागि आनन्द कोंहार र गुड्डु यादव विच भएको खेलमा आनन्द कोंहार विजयी भएका थिए भने तितृय स्थानका लागि पाथर यादव र गुड्डु यादव विच भएको प्रतिस्थर्धामा पाथर यादव विजयी भए । प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि व्यवसायी कन्हैयालाल अग्रवालले क्रमशः दश हजार, पाँच हजार र तिन हजार पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाल र भारतमा लोकप्रिय रहेको कुस्ती खेलको जर्गेनाका लागि प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष मिथलेल अग्रहरीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया